Jens Fink-Jensen  नेपाली  

येन्स पिन्क योन्सन, एक परिचय

डिसेम्बर १९, १९५६ मा जन्मिएका येन्स पिन्क योन्सन डेनमार्कका प्रख्यात कवि, लेखक, फोटोग्राफर, संगीतकार तथा आर्किटेक्ट हुन् । 
संक्षिप्त जीवनीः
लेखकको रुपमा उनको पहिलो प्रकाशित रचना एउटा लघुकथा ‘जुनि’ थियो । त्यो लघुकथा उनले सन् १९९५ को जून महीनामा लेखेका थिए भने जुन ४, १९७५ मा सो कथा इन्फर्मेसन नामक दैनिक पत्रिकामा छापिएको थियो। त्यसै गरि कविको रुपमा उनका चारवटा कविताहरु साहित्यिक पत्रिका Hvebekorn मा १९ अक्टूबर १९८१ मा प्रकाशित भएका थिए । रुजून ५, १९८६ मा प्रकाशित कथासंग्रह बेस्टर्न (पशुहरु) ले उनलाई गद्य लेखकको रुपमा पनि चिनायो । मार्च १८, १९९४ मा उनको पहिलो बाल साहित्य ‘योनास र शंखकीराको खोल’ प्रकाशित भएको थियो ।आधुनिक भाषा विज्ञान लिएर उनले Herlufsholm  स्कूलबाट सन् १९७६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपश्चात् राष्ट्रिय सेवा अन्तर्गत एनसीओको रुपमा शाही लाइफ गार्डको रुपमा पनि तालीम प्राप्त गरे । सन् १९९६ मा उनले कोपेन्हेगनको ललितकला र आर्किटेक्ट प्रतिष्ठानबाट आर्किटेक्ट र सोही स्थानबाट सन् १९९७ मा मल्टीमेडियामा स्नातकोत्तर तहसम्मको पढाइ सकाए ।
उनले सन् १९८० ताका Hvedekorn का सम्पादक पल बोरमको साथमा मिकेल स्ट्रंग लगायतका सहकर्मीहरूसंग मिलेर कोपेन्हेगनमा समकालीन कविहरुको औपपचारिक तथ्यांक ‘एन ए ८०’ को संकलन पनि गरे । उनी बिभिन्न साहित्यिक र सांगीतिक भेलाहरू, कलेज र पुस्तकालयहरूमा बेला बेला स्याक्सोफोन र की बोर्ड जस्ता वाद्ययन्त्रहरुका साथ स्लाइड प्रदर्शनको माध्यमबाट आफ्ना कविताहरु प्रस्तुत गर्ने गर्दछन् । 
प्रदर्शनीहरुः
डेनमार्क, नर्वे र स्वीडेन जस्ता देशहरुमा उनको बेइजिङ्गका छविहरू, (चीनको राजधानीका दृश्यहरू र साथमा त्यहाँका बासीन्दाहरूको अनुहारहरू, अन्तर्राष्ट्रिय एम्नेष्टीद्वारा वितरित ।) तथा दक्षिणका डुङ्गाहरू, (मेडिटेरियन समुन्द्र, यूरोपका एटलाण्टिक तट र मोरक्कोमा माछा मार्न प्रयोग गरिने साना साना डुङ्गा, मछुआराहरू र उनीहरूको वरिपरिको बातावरणको झलकहरू ।) नामक फोटो प्रदर्शनीहरू भएका छन् । 
प्रकाशित कृतिहरुः
  1. Verden i et øje,  संसारलाई हेर्दा, (सन् १९८१, कविता)
  2. Sorgrejser  पीडासंग सहयात्रा, (सन् १९८२, कविता)
  3. Dans under galgen,  मृत्युसंग रमाउँदा, (सन् १९८३, कविता)
  4. Bæsterne, पशुहरु, (सन् १९८६, लघुकथाहरु)
  5. Nær afstanden, दूरीको नजीक, (सन् १९८८, कविता)
  6. Jonas og konkylien, योनस र शंखकीराको खोल, (सन् १९९४, बालसाहित्य, म्याड्स स्टेजको चित्र सहित)
  7. Forvandlingshavet, परिवर्तनका छालहरु, (सन् १९९५, कविता)
  8. Jonas og himmelteltet,  योनास र उसले पाएको आत्मज्ञान, (सन् १९९८, बालसाहित्य, म्याड्स स्टेजको चित्र सहित)
  9. Alt er en åbning, सबै उदाङ्ग छ, (सन् २००२, कविता)
  10. Syd for mit hjerte. 100 udvalgte kærlighedsdigte, मेरो मुटुको पाटोबाट छानिएका १०० मायाका कविताहरु   
    ( सन् २००५, कविता)
 

नेपाली अनुवादः ब्रजेश